काठमाडौँ : अफलाइन पठाओ सेवामार्फत सामान डेलिभरी गरिदिने भन्दै यात्रुहरूको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौँको बानियाँटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई शुक्रबा पक्राउ गरिएको हो ।
काठमाडौँको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुलाई सामान गन्तव्यसम्म पुर्याइदिने भन्दै सामान लिएर फरार हुने गरेको जनगुनासो प्रहरीसमक्ष पुगेको थियो।
गुनासोका आधारमा प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरेललाई फेला पारेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पोखरेललाई बा ६३ प ८३४३ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिइएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij