Logo

Nov 28 2026 | २०८३, मंसिर १३गते

नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

नेपाल मत्स्य समाजको अध्यक्षमा युगल किशोर तिवारी, ११ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ : नेपाल मत्स्य समाजको सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न भएको छ ।

मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार तथा अनुसन्धानमा संलग्न सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन् ।

उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ तथा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतको उपस्थिति रहेको थियो ।

साधारण सभाको बन्द सत्रमा समाजको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै, अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट