चितवन : चितवनमा सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सोङ दा कालिका जोईन्ट भेन्चर सम्मानित भएको छ। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी आयकर तिर्ने तीन कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।सोङ दा कालिका जोईन्ट भेन्चरले २ करोड ६५ लाख ३३ हजार ३ सय ६४ रुपैयाँ आयकर तिरेको छ। कम्पनी लगातार दोस्रो वर्ष सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा सम्मानित भएको हो।
त्यसैगरी दोस्रो स्थानमा रहेको चितवनको ई नेपाल प्रा.लि.ले २ करोड २३ लाख ६ हजार ९ सय ६ रुपैयाँ आयकर तिरेको छ। तेस्रो स्थानमा रहेको एनपीआई नारायणी सामुदायिक अस्पतालले १ करोड ८२ लाख ८६ हजार १ सय ९ रुपैयाँ आयकर बुझाएको छ।मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको कर सप्ताहको आज आयोजित समापन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख सरद निरौलाले उत्कृष्ट करदातालाई सम्मान गर्नुभएको हो। कार्यक्रममा करदातालाई सम्मान गर्दै करको महत्व र नियमित कर भुक्तानीको आवश्यकताबारे जोड दिइएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij