काठमाडौँ : उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतीय रेलमार्फत दुई महत्त्वपूर्ण धार्मिक स्थललाई जोड्ने काम भएको बताएका छन् ।भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा जनकपुर–अयोध्या रेल सेवाको सोमबार उद्घाटन गरेपछि मुख्यमन्त्री आदित्यनाथले यस्तो बताएका हुन् ।जनकपुरका लागि रेललाई बिदाइ गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री आदित्यनाथले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे ।
उनले भारत र नेपालबीचको सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु गरिएको बताए । भारतको अयोध्याधामस्थित सरयू नदीको पवित्र जलधारासँग जोडिएको धार्मिक नगरी अयोध्या र माता जानकीको पवित्र भूमि जनकपुरलाई कमला नदीको जलधारामार्फत सांस्कृतिक सम्बन्धमा जोड्ने उद्देश्यले रेल सेवा सञ्चालन गरिएको उनको भनाइ थियो ।आदित्यनाथले सरयू–कमला एक्सप्रेसलाई भारत र नेपालबीचको साझा सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्बन्धको प्रतीकका रूपमा लिइएको उल्लेख गरे । यसले धार्मिक पर्यटनसँगै दुई देशबीचको सांस्कृतिक आदानप्रदान र विकासको सम्भावनालाई समेत अघि बढाउने अपेक्षा गरिएको उनले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij