Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

लगातार ओरालो लागेको सुनको भाउ फेरि उकालो, एकैदिन ४ हजार ८ सयले वृद्धि

लगातार ओरालो लागेको सुनको भाउ फेरि उकालो, एकैदिन ४ हजार ८ सयले वृद्धि

काठमाडौँ : सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले बढेको हो । आइतबार सुनको मूल्य २ लाख ४२ हजार ६०० रुपैयाँ रहेको थियो । सोमबार यो मूल्य २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ६५ रुपैयाँ रहेकोमा आज ३ हजार ११० रुपैयाँ कायम भएको छ । लामो समयदेखि घट्दै आएको सुनको अन्तर्राष्ट्रिय मूल्य आज बढेपछि यसको प्रभाव नेपाली बजारमा परेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट