Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली

मोदी–बालेन भेटको तयारी : नेपालको राष्ट्रिय झण्डाले सजियो नयाँदिल्ली

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधामन्त्री शाह र मोदीको तस्बिर समेत राखिएको छ ।प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाह आज भारत प्रस्थान गर्दै छन्।

 

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।यसैगरी, प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ। दुईदिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij