Logo

Nov 22 2026 | २०८३, मंसिर ७गते

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र साह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन् ।भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री साह नेपाल एयरलाइन्सको उडानमार्फत भोलि दिउँसो ३ः४५ बजे भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ ।विमानस्थलबाट प्रधानमन्त्री साह सिधै होटल ताजमहल पुग्नेछन् ।होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री साहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij