Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

शुल्कवृद्धिको विरोधमा बालकुमारी कलेजमा अखिल क्रान्तिकारीको तालाबन्दी, थप आन्दोलनको चेतावनी

शुल्कवृद्धिको विरोधमा बालकुमारी कलेजमा अखिल क्रान्तिकारीको तालाबन्दी, थप आन्दोलनको चेतावनी

चितवन । बालकुमारी कलेजले बीबीएस कार्यक्रममा ३२.४ प्रतिशतसम्म शुल्क वृद्धि गरेको तथा सेमेस्टर प्रणालीअन्तर्गत सञ्चालित विभिन्न संकायमा समेत शुल्क बढाएको विरोधमा विद्यार्थी संगठनले कलेज प्रशासनमा तालाबन्दी गरेको छ। अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले विद्यार्थीका जायज माग सम्बोधन गर्न र गरिएको शुल्कवृद्धि खारेज गर्न माग गर्दै तालाबन्दी गरेको जनाएको छ। संगठनका जिल्ला अध्यक्ष सुशील कार्की ‘अब्दुल’ले शुल्कवृद्धि विद्यार्थीमाथिको आर्थिक भार भएको भन्दै तत्काल निर्णय फिर्ता लिन कलेज प्रशासनसँग माग गरेका छन्।

उनले विद्यार्थीका मागलाई बेवास्ता गरिए थप सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्। ‘शिक्षा अधिकार हो, व्यापार होइन’ भन्ने नारासहित संगठनले अवैध शुल्कवृद्धि खारेज गर्न र विद्यार्थीका माग सम्बोधन गर्न माग गरेको छ। अध्यक्ष कार्कीले विद्यार्थी एकता कायम गर्दै शुल्कवृद्धिविरुद्धको आन्दोलनमा साथ दिनसमेत आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट