Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

भैँसे खोलामा खसेको सुमोका मृतक ३ यात्रुको पहिचान

भैँसे खोलामा खसेको सुमोका मृतक ३ यात्रुको पहिचान

हेटौँडा : आज बिहान साढे ८ बजेतिर मकवानपुरको भीमफेदी-१ भैँसेमा सुमो दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंको लागि छुटेको ना. १ ज २१४३ नम्बरको यात्रु बाहक सुमो घुम्तीमा अनियन्त्रित भइ सडकबाट १० मिटर तल खोलामा खसेको थियो । सुमोमा चालकसहित १० जना सवार थिए ।दुर्घटनाम रौतहट, चन्द्रनिगाहपुर–४ की २५ वर्षीया अनुसा लामा, २२ वर्षीया जेशिका भनिने अस्मिता तिमल्सिना र वडा नम्बर ३ का ५० वर्षीय बम बहादुर वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरु रौतहट, चन्द्रनिगाहपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, वडा नम्बर ३ की ।१६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ र १६ वर्षीया शिखा लामा छन् ।यस्तै, दुर्घटनामा घाइते भएकी यही वडाकी ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर छन् । सात जनाकै हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट