Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

भीमफेदीमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

भीमफेदीमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

हेटौँडा  : आज बिहान १ः४० बजे मकवानपुरको भीमफेदी–२, भैँसेमा चेकजाँचक्रममा पालुङबाट हेटौँडा आइरहेको कारमा गाँजा भेटिएको छ ।

बीएबी ४४३१ नम्बरको कारमा ९ पोका गाँजा भेटिएको हो । गाँजाको परिमाण १ सय १७ किलो ९ सय १० ग्राम रहेको प्रहरीले जनाएको छ ।

कार रोकेर सोधपुछ गर्ने क्रममा चालकले केही छैन भने पनि डिकी खोलेर चेकजाँच गर्नेक्रममा कार चालक फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij