Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

ताला र सिल नतोडीकनै ट्यांकरबाट इन्धन गायब- रंगेहात समातिए चोर

ताला र सिल नतोडीकनै ट्यांकरबाट इन्धन गायब- रंगेहात समातिए चोर

बुटवल टयांकरबाट इन्धन चोरी गर्नेलाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । ट्याङ्करको मुख्य ताला वा सिल नतोडी इन्धन निकाल्ने गरेको अवस्थामा लुम्बिनी प्रदेश प्रहरीले दुई ट्याङ्कर नियन्त्रणमा लिएको हो ।तिलोत्तमा नगरपालिका–७ सुनयनापथस्थित नेपाल पेट्रोलियमको प्राङ्गणमा पार्किङ गरी राखिएका नेपाल आयल निगमका ट्याङ्करबाट इन्धन चोरी भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । टोलीले इन्धन चोरी भइरहेको अवस्थामा दुई ट्याङ्कर र एक जनालाई नियन्त्रणमा रहेको रुपन्देही प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीले निगमका लु २ ख २६५५ र लु २ ख ३९४० नम्बरका ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी भइरहेको अवस्थामा तिलोत्तमा नगरपालिका–७ मंगलापुर निवासी ४६ वर्षीय तिलबहादुर फुलाललाई पक्राउ गरेको जनाएको छ ।यसअघि पनि इन्धन चोरी गर्दै गर्दा प्रहरीले पक्राउ गरी पम्प र टयाङकरलाई कारवाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट