Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

दुई महिनामा ६ हात्ती मरे, संरक्षणमा थपियो चुनौती

दुई महिनामा ६ हात्ती मरे, संरक्षणमा थपियो चुनौती

पर्सा : पछिल्लो दुई महिनायता चितवनदेखि पूर्वी नेपालसम्म आधा दर्जन जंगली हात्ती मरेका छन्। प्राकृतिक बासस्थान र आहारा खोज्दै लामो दूरीको यात्रा गर्ने हात्तीहरू एकपछि अर्को मर्न थालेपछि वन्यजन्तु संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।मरेका हात्तीमा भाले र पोथीको संख्या बराबर छ। चितवनको चर्चित हात्ती रोनाल्डो पनि यसै अवधिमा मर्ने हात्तीको सूचीमा परेको छ।तीन साताअघि सर्लाहीको मूर्तिया क्षेत्रमा पर्सा राष्ट्रिय निकुञ्जबाट गएको हात्तीको समूहमा रहेको एउटा हात्ती मृत फेला परेको थियो। प्रारम्भिक परीक्षणमा सुडमा लागेको घाउका कारण उक्त हात्तीको मृत्यु भएको पाइएको थियो। आधा दर्जन हात्तीको समूहमा मिसिएर पर्साबाट सर्लाही पुगेको उक्त हात्तीको मृत्युले वन क्षेत्रमा हात्तीको सुरक्षा चुनौतीलाई पुनः सतहमा ल्याएको छ।

हात्तीमै विद्यावारिधि गरेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक राम जंगली हात्ती मर्ने क्रम यही गतिमा बढ्दै जाने हो भने देशमा जंगली हात्तीको संख्या घट्दै जाने जोखिम रहेको बताउँछन्।उनका अनुसार हात्तीको जीवनशैली नै लामो दूरीको आवागमनसँग जोडिएको हुन्छ। आहारा तथा चरिचरनको खोजी, समागमका लागि भालेले पोथीको खोजी, पुर्खादेखि प्रयोग हुँदै आएको परम्परागत मार्गमा मौसमी यात्रा र समूहबाट छुट्टिने अवस्थाले हात्तीलाई लामो दूरीसम्म पुर्‍याउने उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट