Logo

Nov 17 2026 | २०८३, मंसिर २गते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुरमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते

नवलपुर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११, लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।आज बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।

दुर्घटनामा परी २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट