Logo

Nov 14 2026 | २०८३, कार्तिक २९गते

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

क्षतिपूर्ति र रोजगारी माग्दै मृतकका आफन्तले बुझेनन् शव

हेटौंडा : मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएकाका परिवार र आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्।मृतकका परिवारले क्षतिपूर्ति, रोजगारी र घाइतेको उपचारको व्यवस्था गर्नुपर्ने माग राख्दै शव बुझ्न नमानेका हुन्।

दुर्घटनामा ज्यान गुमाएका १४ जनाकै शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ। मृतकका आफन्त अस्पताल परिसरमा भेला भएर माग पूरा नभएसम्म शव नबुझ्ने अडानमा छन्।दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचार जारी छ। बाँकी तीन जना सामान्य उपचारपछि घर फर्किएका छन्।

Bhimfedi-Accident-Incident-Hetauda-Hospital_NPL-02-1794555210.JPG

Bhimfedi-Accident-Incident-Hetauda-Hospital_NPL-10-1794555208.JPG

Bhimfedi-Accident-Incident-Hetauda-Hospital_NPL-01-1794555206.JPG

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट