Logo

Nov 14 2026 | २०८३, कार्तिक २९गते

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दुले अर्घ्य दिन्छन्

छठको छिट्टा : डोमले बनाउँछन्, मुस्लिमले ओसार्छन्, हिन्दुले अर्घ्य दिन्छन्

काठमाडौं : छठ पर्व सुरु भएसँगै बजारमा बाँसबाट बनेका छिट्टा बिक्रीका लागि ओसार्ने चटारो बढेको छ । काठमाडौंको बल्खुमा एक मुस्लिम व्यापारी छठमा प्रयोग हुने छिट्टा बिक्रीका लागि ओसार्दै गरेको देखिन्छन् ।छठ पर्वमा पूजाका सामग्री तथा अर्घ्य्यका सामान ओसार्न प्रयोग गरिने बाँसबाट बनेको ‘छिट्टा’ले धार्मिक आस्थासँगै सामाजिक सद्भाव र सहअस्तित्वको सन्देश पनि बोकेको छ ।विशेषगरी मधेसमा डोम समुदायले बाँसबाट छिट्टा, ढकिया, नाङ्लोलगायत पूजाका सामग्री बनाउँदै आएका छन् । मुस्लिम समुदायका व्यापारीले यस्ता सामग्री बजारसम्म पुर्‍याएर बिक्री गर्ने गरेका छन् भने हिन्दु समुदायका व्रतालुले छठ पूजामा तिनै सामग्री प्रयोग गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

छठ पर्वमा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । छिट्टामा फलफूल, प्रसाद तथा पूजाका सामग्री राखेर घाटसम्म पुर्‍याउने गरिन्छ । पुस्तौँदेखि डोम समुदायले यस्ता सामग्री निर्माण गर्दै आए पनि बजारमा पुर्‍याउने र उपभोक्तासम्म पुर्‍याउने काममा अन्य समुदायको समेत सहभागिता रहने गरेको छ ।छठ पर्वलाई धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहिष्णुता र समावेशिताको पर्वका रूपमा पनि लिइन्छ । एउटै घाटमा विभिन्न जातजाति र समुदायका मानिस एकै ठाउँमा भेला भएर सूर्यको उपासना गर्ने परम्पराले जातीय तथा धार्मिक विभेदभन्दा माथि उठेर सहअस्तित्वको सन्देश दिन्छ ।यसरी छठको एउटा छिट्टाले डोम समुदायको सीप, मुस्लिम समुदायको व्यापार र हिन्दु समुदायको आस्थालाई एउटै सांस्कृतिक परम्परामा जोडेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट