Logo

Nov 07 2026 | २०८३, कार्तिक २२गते

कुकुर तिहारको पूर्वसन्ध्यामा एनभीएसए–एनपीआईद्वारा सडक कुकुरहरूलाई भोजन वितरण

कुकुर तिहारको पूर्वसन्ध्यामा एनभीएसए–एनपीआईद्वारा सडक कुकुरहरूलाई भोजन वितरण

भरतपुर : कुकुर तिहारको पूर्वसन्ध्यामा नेपाल भेटेरिनरी स्टुडेन्ट्स एसोसिएसन–नेपाल पोलिटेक्निक इन्स्टिच्युट (NVSA-NPI) ले आज भरतपुर महानगरपालिकाभित्र रहेका सडक तथा असहाय कुकुरहरूलाई लक्षित गरी भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।

मानव र पशुबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउँदै पशुप्रति दया, माया, करुणा र जिम्मेवारीको भावना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा NVSA-NPI का अध्यक्ष मनिष  खनाल, उपाध्यक्ष आभाष गौतम, सचिव संसृति भुषाल तथा सदस्य रोशनी क्षेत्री लगायतको सहभागिता रहेको थियो।

तिहारको अवसरमा घरपालुवा कुकुरहरूको पूजा तथा सम्मान गरिरहँदा सडकमा रहेका असहाय तथा भोकाएका कुकुरहरूलाई पनि माया, संरक्षण र भोजनको आवश्यकता रहेको सन्देश यस कार्यक्रममार्फत प्रवाह गरिएको छ।

पशु कल्याण, जनचेतना तथा सामुदायिक सेवामा निरन्तर सक्रिय रहँदै आएको NVSA-NPI ले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा पशु कल्याणसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट