Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बहराइन र कुवेतका अमेरिकी अखडामा इरानको आक्रमण

बहराइन र कुवेतका अमेरिकी अखडामा इरानको आक्रमण

वासिङटन :  इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार बहराइन र कुवेतमा रहेका दर्जनौँ अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानीको सरकारी सञ्चारमाध्यम आईआरआईबीमार्फत जारी गरिएको विज्ञप्तिमा अमेरिकी सैन्य प्रहारको जवाफमा आक्रमण गरिएको उल्लेख छ ।

उक्त विज्ञप्तिमा भनिएको छ, 'यस सैन्य कदमको प्रारम्भिक प्रतिक्रिया स्वरूप, आईआरजीसीको जलसेना र एयरोस्पेस फोर्सले संयुक्त मिसाइल र ड्रोन अपरेसनमार्फत ती दुई देशमा रहेका ८५ वटा महत्त्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा प्रहार गरेका छन् ।' यसका साथै इरानले एउटा अमेरिकी एमक्यू–९  ड्रोन समेत खसालिएको जनाएको छ ।

हर्मुज जलमार्गमा तीनवटा तेल ट्याङ्करहरूमा प्रहार भएपछि अमेरिकी सेनाले मंगलबार इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण सुरु गरेको थियो । त्यस्तै, अमेरिकाले इरानलाई तेल बिक्री गर्न दिइएको सहुलियत समेत रद्द गरिदिएको थियो । यस कदमले दुई देशबीचको पहिलेदेखि नै कमजोर रहेको युद्धविरामलाई थप संकटमा पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट