Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

महिला क्रिकेट टोली रुवान्डातर्फ

महिला क्रिकेट टोली रुवान्डातर्फ

काठमाडौँ : नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसिसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ।

उक्त टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ। यही ५ वैशाखदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, भानुआटु र इटालीको सहभागिता रहने छ।

नेपालले यही ५ वैशाखमा अमेरिकासँग पहिलो खेल खेल्ने तालिका छ। नेपालले दोस्रो खेल ६ वैशाख गते इटलीसँग, तेस्रो खेल ९ वैशाख रुवान्डासँग, ११ वैशाखमा भानुआटुसँग, १३ वैशाखमा अमेरिकासँग, १५ वैशाखमा रुवान्डासँग, १७ वैशाखमा भानुआटुसँग तथा १८ वैशाखमा इटालीसँग खेल्नेछ।

डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ। नेपाली टोलीमा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतोसहित रुवि पोदार, रोमा थापा, बिन्दु रावल, रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, अनु कडायत, सुमन विष्ट, रिया शर्मा, रचना चौधरी र मनिषा उपाध्याय तथा टोलीको मुख्य प्रशिक्षकमा हषर्ल पाठक रहेका क्यानले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट