Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

५ अर्ब ८८ करोडको सहकारी घोटाला, मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

५ अर्ब ८८ करोडको सहकारी घोटाला, मुख्य योजनाकार शिवकुमार विश्वकर्मा पक्राउ

काठमाडौं : बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा मुख्य योजनाकार रहेको आरोप लागेका शिवकुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।गृहमन्त्री सुदन गुरुङका अनुसार उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। गुरुङले सामाजिक सञ्जालमार्फत विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिएका हुन्।उनले बराह सहकारीका बचतकर्ताले वर्षौंदेखि भोग्दै आएको पीडालाई सम्बोधन गर्न गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि खोजी तीव्र पारिएको दाबी गरेका छन्।

‘६ वर्षअघि धरानमा सेभ घोपा अभियान सञ्चालनका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध बोल्दा पूर्वका बचतकर्ताको पीडा सुनेको थिएँ,’ गुरुङले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यो पीडाले मलाई सधैँ झकझकाइरहेको थियो।’गुरुङले सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको उल्लेख गर्दै मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका छन्।उनले यस प्रकरणमा संलग्न अन्य व्यक्तिको खोजी र कारबाही प्रक्रिया पनि क्रमशः तीव्र बनाइने बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट