हेटौँडा : मकवानपुरको भीमफेदीमा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट राखेर सञ्चालन गरिएका चारवटा विद्युतीय (EV) गाडीलाई प्रहरीले कारबाही गरेको छ ।
बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय भीमफेदी र ट्राफिक प्रहरीको संयुक्त टोलीले मङ्गलबार भीमफेदी गाउँपालिका–६ स्थित चेकपोइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा क्षमताभन्दा बढी सिट राखिएका गाडी फेला पारेको हो ।
प्रहरीका अनुसार १४ सिट क्षमता भएका ती गाडीमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ विपरीत कार्य गरेको भन्दै चारवटै गाडीलाई जनही १० हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।
कारबाहीसँगै गाडीमा अवैध रूपमा थप गरिएका सिटसमेत स्थानीय सञ्चारकर्मीको रोहबरमा हटाइएको प्रहरीले जनाएको छ ।
कारबाहीमा बा.प्र.०८–००१ ज ००४२, बा.प्र.०१–००२ ज ६२३९, बा.प्र.०१–००२ ज ७००६ र बा.प्र.०१–००२ ज ६९८१ नम्बरका EV गाडी परेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij