Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

तीन एसपीसहित ११ प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर

तीन एसपीसहित ११ प्रहरी अधिकृतको जिम्मेवारी हेरफेर

काठमाडौँ  : नेपाल प्रहरीका ३ जना एसपी सहित केही प्रहरी अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कर्मचारी प्रशासन शाखामा कार्जी कुमार आचार्यलाई ल्याइएको छ । कर्मचारी प्रशासन शाखामा कार्यरत निरञ्जन दत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा काज सरुवा गरिएको छ ।एसपी सुदीप पाठकलाई प्रहरी हेडक्वार्टर स्थित विशेष ब्युरोमा सरुवा गरिएको छ । आईजीपी डा. मनोज केसीले ८ जना डीएसपीहरुको पनि काज सरुवा गर्ने निर्णय गरेका छन् । प्रहरी हेडक्वार्टरको केन्द्रीय लेखामा डीएसपी विश्वराज अधिकारी, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा तर्कराज पाण्डे र कर्मचारी प्रशासन शाखामा दान बहादुर थापालाई ल्याइएको छ ।


कर्मचारी प्रशासन शाखामा कार्यरत मदक कुँवरलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । प्रबन्धमा कार्यरत प्रकाश थापालाई पहरा गण र केन्द्रीय लेखा प्रमुख शेखरजंग मल्ललाई सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ । 

अछामका डीएसपी पविन्द्र बमलाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा कार्यरत डीएसपी हरि बस्नेतलाई सर्वोच्च अदालत स्थित सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । डीएसपी बम र बस्नेतलाई प्रहरी स्टाफ कलेज तयारीका लागी कार्यबोझ कम भएको कार्यालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक अधिकृतले  बताए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij