Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

वडा सदस्यको हस्ताक्षर किर्ते गर्ने गाउँपालिका अध्यक्ष पक्राउ

सर्लाहीः सर्लाही बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेका छन्। उनी बसबरिया गाउँपालिका–१ स्थित घरबाटै पक्राउ परेका हुन्।

२०८० असार १० गते आर्थिक वर्ष २०८–८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको उजुरीमा उनी पक्राउ परेका हुन्।

उजुरीका आधारमा सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अनुसन्धानक्रममा उनी पक्राउ परेका हुन्। सर्लाही जिल्ला अदालतबाट ६ असोज १६ गते पक्राउ अनुमति प्राप्त लिएर ५५ वर्षीय रायलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij