Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै

दानबहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै


काठमाडौंः नेपाल प्रहरी प्रमुख (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। सरकारले जिम्मेवारीमुक्त गरेपछि कात्तिक २० गते कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए।

बीचमा तिहार बिदा परेका कारण रिटमा सुनुवाइका निम्ति सुरुमा सोमबारलाई पेसी तोकिएको थियो। तर, त्यस दिन छठ पर्वको बिदा थपियो। सोही कारण अर्को दिन आजका निम्ति पेसी तय गरिएको कार्कीका कानुन व्यवसायीको भनाइ छ।

गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई उक्त जिम्मेवारीमुक्त गरी एआईजी मनोज केसीलाई प्रहरी प्रमुख बनाइएको थियो। कार्कीलाई प्रधानमन्त्री वालेन शाहको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने सरकारको निर्णय छ।

त्यसपछि कार्की आफूलाई कुनै सूचना र सुनुवाइको मौका नदिई हटाइएको जिकिरसहित सर्वोच्च पुगेका हुन्। केसीलाई प्रहरी प्रमुखमा नियुक्त, दज्र्यानी चिह्न प्रदान गर्नेलगायत निर्णय रिटमा रोक्न माग गरिएको छ। आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यताबारे आरोपसमेत उल्लेख नगरिएको कार्कीको रिटमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij