Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

रारा पुग्ने सपना जोखिमपूर्ण यात्रामा परिणत, कहिले सुध्रिन्छ मुगुको सडक ?

रारा पुग्ने सपना जोखिमपूर्ण यात्रामा परिणत, कहिले सुध्रिन्छ मुगुको सडक ?

नेपालकै सबैभन्दा ठूलो ताल तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यले विश्वसामु नेपालको पहिचान र गौरव बढाइरहेको छ। तर, त्यही सुन्दर गन्तव्यसम्म पुग्ने सडकको दयनीय अवस्थाले पर्यटकको लागि चुनौती बनेको छ ।काठमाडौँ बाट रारा भ्रमणका लागि आएका आन्तरिक पर्यटक सवार गाडी आइतबार रारा नजिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु र भएको छ भने दुई जना गम्भिर घाइते भएका छन्। राराको अनुपम सौन्दर्य अवलोकन गर्ने सपना बोकेर लामो यात्रा तय गरेका पर्यटकले बीच बाटोमै ज्यान गुमाउनुपरेको यो दुःखद घटनाले मुगुको सडक सुरक्षाको अवस्था फेरि एकपटक उजागर गरेको छ ।यो दुर्घटना केवल एउटा सवारी साधन दुर्घटनामा सीमित छैन। यसले रारा पुग्ने सडकको अवस्था, पर्यटकीय पूर्वाधार, सडक सुरक्षाका उपाय र राज्यको विकास प्राथमिकता माथि गम्भीर प्रश्न खडा गरेको छ ।

सडक सञ्जाल जोडिएको १४ वर्षः न कालोपत्रे, न पर्याप्त स्तरोन्नति
२०६९ साल पुसमा सडक सञ्जालसँग जोडिएको मुगु जिल्लामा १४ वर्ष बितिसक्दा पनि सडक पूर्वाधारले अपेक्षित गति लिन सकेको छैन। रारा पुग्ने सडकखण्डमा कतिपय स्थानमा खाल्डाखुल्डी, साँघुरो बाटो, उकालो–ओरालो र जोखिमपूर्ण घुम्तीका कारण यात्रु तथा सवारी चालकले सास्ती खेप्नुपरेको छ । मुगुमा अहिले सम्म ५ मिटर सकड कालोपत्रे छैन ।सडक कालोपत्रे गर्ने विषय वर्षौंदेखि चर्चामा रहे पनि अपेक्षित रूपमा काम अघि बढ्न नसक्दा स्थानीयवासीसँगै रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकसमेत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।बर्खामा हिलो र वर्षायाममा पहिरोको जोखिम तथा हिउँदमा धुलाम्मे सडकले यात्रालाई थप कष्टकर बनाउने गरेको छ। सडकको कमजोर अवस्थाले पर्यटन प्रवद्र्धनमा समेत प्रत्यक्ष असर पारिरहेको छ।

 प्रधानमन्त्रीसहितको मन्त्रिपरिषद् भ्रमण पनि आश्वासनमै सीमित?
२०७५ साल वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषद्का सदस्यहरूले रारा पुगेर नयाँ वर्ष मनाएका थिए। उक्त भ्रमणले राराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनसँगै मुगुको विकास र सडक स्तरोन्नतिमा नयाँ आशा जगाएको थियो।देशको कार्यकारी प्रमुखसहितको टोली रारामै पुग्दा स्थानीयवासीले अब जिल्लाको विकासले गति लिने र रारा पुग्ने सडकले नयाँ स्वरूप पाउने अपेक्षा गरेका थिए। तर, वर्षौं बितिसक्दा पनि सडक पूर्वाधारमा अपेक्षित सुधार हुन नसकेको स्थानीयको गुनासो छ।

सरकार फेरिए, नेतृत्व फेरियो, तर सडकको अवस्था कहिले फेरिने?
देशमा सरकार परिवर्तन भए, मन्त्री फेरिए, विकासका प्राथमिकता र योजनाका घोषणा पनि फेरिए। तर मुगुको सडक पूर्वाधारको अवस्था भने अझै पनि अपेक्षाअनुसार सुधार हुन सकेको छैन।हरेक वर्ष रारा घुम्न आउने पर्यटकको संख्या र पर्यटनको सम्भावनाबारे चर्चा हुन्छ। रारालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान पनि चल्छ। तर पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने सडक पूर्वाधारमा पर्याप्त ध्यान पुग्न नसक्नु विडम्बनापूर्ण छ।पर्यटन प्रवद्र्धन भनेको तालको सुन्दरता प्रचार गर्नु मात्र होइन। पर्यटकको सुरक्षित यात्रा, भरपर्दो यातायात, गुणस्तरीय सडक र आवश्यक पूर्वाधार निर्माण गर्नु पनि उत्तिकै महत्वपूर्ण पक्ष हो।

 राराको सौन्दर्यले देश चिनायो, तर सडकको दुर्दशाले बदनाम गरायो।अब प्रश्न सरकार र सम्बन्धित निकायलाई छ—राराको सुन्दरता देखाएर पर्यटक बोलाउने मात्रै कि उनीहरूलाई सुरक्षित रूपमा रारा पु¥याउने जिम्मेवारी पनि लिने?प्रकृतिले दिएको अनुपम उपहार रारालाई सुरक्षित पर्यटन गन्तव्य बनाउन सडक पूर्वाधारमा तत्काल सुधार आवश्यक छ। नत्र रारा हेर्ने सपना बोकेर आउने यात्रुका लागि यही यात्रा जोखिमपूर्ण बन्ने क्रम कहिलेसम्म जारी रहने?रारा केवल मुगुको सम्पत्ति होइन, यो सिंगो नेपालको प्राकृतिक पहिचान र गौरव हो। यसको संरक्षण र प्रचारसँगै त्यहाँ पुग्ने सडकलाई सुरक्षित र व्यवस्थित बनाउनु राज्यको जिम्मेवारी हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट