Logo

Nov 18 2026 | २०८३, मंसिर ३गते

चित्रसारी मेलाको पहिचान बनेको राउण्ड बत्तीमा प्रशासनको रोक, संस्कृति र परम्परामाथि हस्तक्षेप भएको भन्दै प्रश्न

चित्रसारी मेलाको पहिचान बनेको राउण्ड बत्तीमा प्रशासनको रोक, संस्कृति र परम्परामाथि हस्तक्षेप भएको भन्दै प्रश्न

 चितवन : थारू समुदायको संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको चित्रसारी मेलाको प्रमुख आकर्षण राउण्ड बत्ती सञ्चालनमा जिल्ला प्रशासन कार्यालय चितवनले रोक लगाएपछि निर्णयको औचित्यमाथि प्रश्न उठेको छ। गत वर्ष मेलामा मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको प्रशासनले यस वर्षदेखि राउण्ड बत्ती सञ्चालनमा समेत रोक लगाएको हो। राउण्ड बत्ती चित्रसारी मेलाको मनोरञ्जनको साधन मात्र नभई मेलाको मौलिकता, पहिचान र अस्तित्वसँग जोडिएको परम्परागत आकर्षणका रूपमा रहँदै आएको छ। थारू समुदायको सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग सम्बन्धित मेलामा वर्षौंदेखि चल्दै आएको अभ्यासलाई रोक लगाइएपछि संस्कृति संरक्षणको सवालसमेत उठेको छ।

मेला व्यवस्थित र मर्यादित बनाउने नाममा यसको मौलिक पहिचान नै प्रभावित हुने गरी निर्णय गर्नु कति उचित हो भन्ने प्रश्न स्थानीयस्तरमा उठ्न थालेको छ। अर्कोतर्फ, राउण्ड बत्तीलाई जुवाका रूपमा वर्गीकरण गरी रोक लगाइएको हो भने त्यसको कानुनी आधार के हो भन्ने जिज्ञासा पनि उत्तिकै महत्वपूर्ण छ। नेपालको प्रचलित कानुनको कुन दफा वा व्यवस्थाअन्तर्गत राउण्ड बत्तीलाई जुवाको श्रेणीमा राखिएको हो भन्ने विषय प्रशासनले स्पष्ट पार्नुपर्ने देखिन्छ। शान्ति सुरक्षा र कानुनी व्यवस्था कायम गर्नु प्रशासनको दायित्व हो। तर त्यससँगै स्थानीय संस्कृति, परम्परा र धार्मिक आस्थाको संरक्षण पनि उत्तिकै महत्वपूर्ण छ। त्यसैले चित्रसारी मेलाको मौलिकता जोगाउँदै कानुनी व्यवस्था र सुरक्षाबीच सन्तुलन कायम गर्ने विषयमा प्रशासन, स्थानीय समुदाय र सरोकारवालाबीच संवाद आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट