चितवन : नारायणी नदी किनारमा भोलिदेखि सुरु गर्ने भनिएको महोत्सवले भरतपुर महानगरपालिकाबाट हालसम्म औपचारिक स्वीकृति तथा कार्यादेश नलिएको खुलेको छ।
महोत्सव आयोजक रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टले महानगरपालिकामा राजस्व रकम बुझाए पनि महोत्सव सञ्चालनका लागि आवश्यक कार्यादेश भने नलिएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग भएको छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत भारतीले महानगरपालिकाबाट हालसम्म महोत्सव सञ्चालनको स्वीकृति नदिइएको स्पष्ट पारेका हुन्। राजस्व बुझाउँदैमा महोत्सव सञ्चालनको अनुमति प्राप्त नहुने उनको भनाइ छ।
यसैबीच, नारायणी नदी किनारमा महोत्सव आयोजना गर्ने विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमविरुद्ध भ्रम फैलाएको भन्दै विवादमा परेको रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको जनाइएको छ।महानगरपालिकाबाटै आवश्यक स्वीकृति र कार्यादेश नलिएको अवस्थामा महोत्सव सञ्चालनको तयारी गरिएको विषयले अहिले चितवनमा थप प्रश्न उठाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij