Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

खोलामा डुबेर चितवनमा एकजनाको मृत्यु

खोलामा डुबेर चितवनमा एकजनाको मृत्यु

चितवन : चितवनको राप्ती नगरपालिका–१० दर्लामी टोलस्थित जेठार खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। हिजो २०८२ फागुन २७ गते बिहान अन्दाजी ८:३० बजेतिर खोलाको पानीमा घोप्टो परेको अवस्थामा राप्ती नगरपालिका–५ मङ्गलटारी बस्ने ६८ वर्षीय लालबहादुर छुमी मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो। पोस्टमार्टम पश्चात शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट