Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

चितवनको रत्ननगर टाँडीमा Ather को १७औँ Experience Center उद्घाटन, एक लाखसम्म क्यासब्याक अफर

चितवनको रत्ननगर टाँडीमा Ather को १७औँ Experience Center उद्घाटन, एक लाखसम्म क्यासब्याक अफर

चितवन : विद्युतीय सवारीसाधनको प्रयोग र बजार विस्तार भइरहेका बेला Ather Energy ले चितवनमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । नेपालमा Ather Energy को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले रत्ननगरको टाँडीमा आफ्नो १७औँ Ather Experience Center औपचारिक रूपमा उद्घाटन गरेको हो ।

Screenshot 2026-11-26 171125.png
undefined

बुधबार उद्घाटन गरिएको नयाँ Experience Center सञ्चालनमा आएसँगै रत्ननगर तथा आसपासका क्षेत्रका ग्राहकले Ather का आधुनिक विद्युतीय स्कुटरबारे जानकारी लिन, टेस्ट राइड गर्न तथा खरिदपछिको सेवासम्बन्धी परामर्श प्राप्त गर्न थप सहज हुने कम्पनीले जनाएको छ ।

Dynamic Energy Pvt. Ltd. अन्तर्गत सञ्चालनमा आएको उक्त नयाँ शोरुम चितवनमा कम्पनीको दोस्रो डिलरसिप लोकेसन हो । यसअघि आस्थाचोकमा Ather Experience Center सञ्चालन गर्दै आएको Dynamic Energy ले टाँडीमा समेत सेवा विस्तार गरेको हो ।

नयाँ Experience Center मा ग्राहकले Ather का दुई फरक स्कुटर पोर्टफोलियो Ather 450 सिरिज र Ather Rizta को अनुभव लिन सक्नेछन् । प्रदर्शन र प्रविधिमा केन्द्रित Ather 450 सिरिज तथा परिवार र दैनिक आवागमनलाई लक्षित गरी तयार गरिएको Ather Rizta ग्राहकका लागि उपलब्ध हुनेछन् ।

Ather का स्कुटरमा Magic Twist, Infinite Cruise र Voice Interaction जस्ता आधुनिक फिचर समावेश छन् । Magic Twist मार्फत थ्रोटलको सहज प्रयोगबाट गति बढाउन तथा घटाउन सकिने सुविधा छ । त्यस्तै, Infinite Cruise ले लामो दूरीको यात्रालाई थप आरामदायी बनाउने र Voice Interaction सुविधाले आवाजकै माध्यमबाट स्कुटरका विभिन्न फङ्सन सञ्चालन गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

Screenshot 2026-11-26 171147.png

विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकको ब्याट्रीसम्बन्धी चासोलाई सम्बोधन गर्न कम्पनीले Ather Assurance Eight70 Battery Health Assurance कार्यक्रमसमेत उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत तोकिएका सर्तअनुसार ८ वर्ष वा ८० हजार किलोमिटर, जुन पहिले पुग्छ, त्यस अवधिसम्म ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत रहने सुनिश्चितता प्रदान गरिनेछ ।

हाल नेपालभर Ather का १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर तथा २५३ भन्दा बढी Ather Grid Fast Charging Points सञ्चालनमा रहेका छन् । यसले ग्राहकलाई विद्युतीय स्कुटर प्रयोगका क्रममा आवश्यक चार्जिङ तथा मर्मतसम्भार सेवा प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

नयाँ शोरुम उद्घाटनको अवसरमा कम्पनीले योग्य स्कुटर खरिदमा एक लाख रुपैयाँसम्म क्यासब्याक उपलब्ध गराउने विशेष अफरसमेत सार्वजनिक गरेको छ । उक्त अफर लागू हुने सर्त तथा नियमअनुसार ग्राहकले यसको लाभ लिन सक्नेछन् ।

रत्ननगरमा नयाँ Experience Center सञ्चालनमा आएसँगै चितवनका ग्राहकलाई आधुनिक प्रविधियुक्त विद्युतीय स्कुटरको अनुभव लिन र खरिद गर्न थप सहज हुने विश्वास कम्पनीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट