Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण

चितवनः चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ।

 प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा नेपाल र चीनका कृषि विज्ञको सहकार्यमा गरिएको हाइब्रिड धानको प्रदर्शन खेतीमा प्रतिहेक्टर ६.८६ टन उत्पादन भएको जनाइएको छ।

चिनियाँ धान विशेषज्ञ वाङ छियानले चिनियाँ विशेषज्ञको प्राविधिक सहयोग तथा नेपाल र चीनका कृषि विज्ञको संयुक्त प्रयासमा उत्पादन हासिल भएको जानकारी दिए। कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले चिनियाँ विशेषज्ञले प्राविधिक ज्ञान र अनुभव आदानप्रदान गर्दै नेपालमा धानको अनुसन्धान तथा परीक्षणमा सहयोग गरेको बताउनुभयो। आठ सय दिनभन्दा बढी समयको अनुसन्धानपछि उक्त उपलब्धि हासिल भएको हो। 

छोङछिङ कृषि विज्ञान प्रतिष्ठानका उपाध्यक्ष तान पिङले दुवै देशका वैज्ञानिकबीचको सहकार्यबाट सफलता मिलेको बताए। सन् २०२३ को जुलाइमा छोङछिङ नगरका कम्युनिष्ट पार्टी सचिव युआन चियाजुनको चितवन भ्रमणका क्रममा ‘भविष्य उज्यालो, जीवन्त गाउँ’ कार्यक्रमअन्तर्गत दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजना सुरु गरिएको हो।

 परियोजनाअन्तर्गत धानखेती, भैँसीपालन र सागसब्जी खेतीका तीन वटा कृषि प्रविधि प्रदर्शन केन्द्र स्थापना गरिएको छ। परियोजनाले लगातार दुई वर्ष उत्पादनमा सफलता हासिल गरेको र सहभागी किसानले कतारलगायत मध्यपूर्वका देशमा सागसब्जी निर्यात हुन थालेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij