Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

एक सई, एक असईसहित १४ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

एक सई, एक असईसहित १४ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी

Notice-1795656924.png
undefined

एकजना प्राविधिक प्रहरी नायव निरीक्षक (सई), एक जना प्रहरी नायव निरीक्षक (असई)सहित १४ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ। 

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले बिहीबार सूचना जारी गर्दै १४ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका जनाएको छ। उनीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सात दिनको समय दिएको हो। 


लामो सयमदेखि सम्पर्कविहीन हुनेमा एकएक जना सई र एक जना असई, दुई जना हबलदार र १० जना प्रहरी जवान छन्।  उनीहरुलाई प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१)को खण्ड (च) को १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको हो। 

उनीहरुलाई आफू गैर हाजिर हुनुको मनासिब कारणसहित एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले भनेको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij