Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

प्रहरी कार्यालयकै सिसिक्यामेरा फुटेज लिक हुँदा पनि किन भएन छानबिन ?

प्रहरी कार्यालयकै सिसिक्यामेरा फुटेज लिक हुँदा पनि किन भएन छानबिन ?

काठमाडौं : बिचौलिया इनम सापकोटा प्रकरणले देशको राजनीति अझै तरंगित छ। राजनीति, अदालत, प्रहरीसम्म यसको पराकम्प देखिएको छ। उनकै कारण सशस्त्र प्रहरीका एआइजी बंशी दाहालले जागिर गुमाए भने नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई हटाउनुको एउटा कारण बन्यो। सापकोटा र कार्कीबीच नियमित संवाद देखिएको थियो।त्यस्तै, सर्बोच्च अदालतका न्यायाधीशहरु समेत यस प्रकरणमा मुछिएका छन्। नेपाली कांग्रेसका नेताहरुमाथि पनि छानबिन भइरहेको छ। 

यही प्रकरणमा प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवहरूलाई पनि विवादमा तान्ने प्रयास भइरहेको छ। सल्लाहकार कुमार बेनले केही दिन सापकोटाको मोबाइल आफुसँग राखेको कुरा बाहिर ल्याइएको थियो । प्रधानमन्त्री कार्यालयका  सरकारी मामिला संयोजक बिशाल अधिकारी परिसरमै गएर त्यस बेलामा अनुसन्धानको बिषयमा चासो राखेका विवरण बाहिर आएका थिए  ।अधिकारीले त परिसरमा गएर प्रहरीसँग कुराकानी गरिरहेकै भिडियो नै बाहिर आयो। उनले सापकोटाकै  अनुसन्धानको विषयमा मुद्दा शाखाका डिएसपी राजु अधिकारीसँग छलफल गरेको सुनिन्छ। अनुसन्धानमा प्रधानमन्त्रीको सचिवालयले अनावश्यक चासो राखेको भनेर पनि यसमा प्रश्न उठिरहेको छ ।

खासमा बिचौलिया सापकोटाले धेरै नै चलखेल गरेको कुरा बाहिर आएपछि अनुसन्धान प्रक्रिया कतैबाट पनि प्रभावित नहोस् भनेर प्रधानमन्त्री कार्यालयको टास्क बमोजिम बिशाल अधिकारी परिसर पुगेका थिए । तर कार्कीले आफु नै फस्ने भएपछि योजनाबद्द  रुपमा भिडियो बनाएर प्रधानमन्त्री  कार्यालय र सरकारी अधिकारीको बदनाम गराएका हुन् । जवकी कार्कीलै नै सापकोटा पक्राउ पर्नासाथ मोबाइल कब्जामा लिएर आफ्नो च्याट डिलिट गरी प्रहरीमा पठाएका थिए । फरेन्सिक ल्याबबाट उनले डिलिट गरेको बाहिर आइसकेको छ । 

तर, अर्को  गम्भीर विषय प्रहरी कार्यालयकै सिसिटिभी  फुटेज यसरी बाहिरिएको विषयमा भने कुनै छानबिन भएको छैन । परिसरका नेतृत्वको मिलमेतोबिना यसरी भिडियो बाहिर जान सम्भव नभएको प्रहरी अधिकारी बताउँछन्। हाल परिसरको प्रमुखमा एसएसपी दिलिप घिमिरे छन्।उनले तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सो भिडियो उपलब्ध गराएपछि बाहिरिएको  बताइन्छ । सरकारसँग टसल बढ्दै गएपछि तत्कालीन आईजीपी  कार्कीले प्रधानमन्त्रीविरुद्धका प्रमाणहरु संकलन गरेर राखेका थिए। हटेपछि सो भिडियो सार्वजनिक गरिएको हो । सरकारले गत कात्तिक १८ गते कार्कीलाई हटाएर मनोज केसीलाई महानिरीक्षकमा नियुक्त गरेको थियो । नवनियुक्त महानिरीक्षक केसीले यती गम्भीर विषयमा छानबिनका लागि चासो राखेका छैनन्  ।यस्तो गम्भीर विषयमा छानबिन नहुने हो भने भोलिका दिनमा प्रहरीभित्र अनुशानसहीता मौलाउँदै जाने प्रहरी अधिकारी नै बताउँछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट