काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन् ।राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम तेस्रो स्थानमा पुगेकी छन् । यसअघि उनी सातौँ स्थानमा थिइन् ।
दोस्रो स्थानमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले यथावत छन् । यसअघि तेस्रोमा परराष्ट्रमन्त्री शिशिर खनाल, चौथोमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पाँचौँमा गृहमन्त्री सुधन गुरुङ, छैटौँमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सातौँमा गौतम थिए ।नयाँ मर्यादाक्रममा गौतम तेस्रोमा उक्लिएपछि खनाल चौथो, श्रेष्ठ पाँचौँ, गुरुङ छैटौँ र लम्साल सातौँ स्थानमा पुगेका छन् । यसरी गौतमको मर्यादाक्रम चार स्थानले बढेको छ भने उनीभन्दा माथि रहेका तीन मन्त्री एक–एक स्थान तल झरेका छन् ।
महावीर पुन आठौँ, सीता वादी नवौँ, प्रतिभा रावल दसौँ, निशा मेहता ११औँ, सस्मित पोखरेल १२औँ, खडक राज पौडेल १३औँ, डा. विक्रम तिमिल्सिना १४औँ र गीता चौधरी १५औँ स्थानमा यथावत् छन् ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारीमा दीपक कुमार साह रहेका छन् । उनी १६औँ स्थानमा छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ स्थानमा छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij