काठमाडौँ : विभिन्न राजनीतिक दलका नेता, व्यवसायी तथा युवासहित १२ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।बुधबार काठमाडौँको च:मतिस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।रास्वपा प्रवेश गर्नेमा नेकपा (माओवादी) विप्लव समूहका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार धनराज शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डम्बरजंग शाही र नेकपा एमालेका कृष्णबहादुर गुरुङ छन्।
त्यस्तै व्यवसायी तथा उद्यमी कमल विष्ट, व्यवसायी सुशीला जैसी, जनकबहादुर शाही र पूर्व नयाँ शक्ति पार्टीका धर्मराज शाही पनि रास्वपामा प्रवेश गरेका छन्।यसैगरी युवा नेता राजेन्द्र शाही तथा युवा पुस्ताका विजय शाही र तुलराज शाही पनि पार्टीमा आबद्ध भएका छन्। उपेन्द्र शाहीसमेत रास्वपामा प्रवेश गरेको सूचीमा छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij