Logo

Nov 26 2026 | २०८३, मंसिर ११गते

चितवनमा भित्रन थाले पाहुना चरा

चितवनमा भित्रन थाले पाहुना चरा

चितवन : जाडो बढेसँगै आहाराको खोजीमा हिमाली क्षेत्रबाट चरा न्यानो ठाउँतिर झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चरा देखिन थालेका छन् । जाडो छल्न हाँस प्रजातिका चरासहित बाज, चिल लगायतका चरा यहाँ आएका हुन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् संघ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिए ।

उनका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस यहाँका नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेका छन् । अहिले कतिपय चरा आइसकेका र कतिपय आउन बाँकी रहेको उनले बताए । नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन आउने गरेका छन् ।बिडारीका अनुसार रसिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीन लगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीजस्ता चरा छन् । त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पर्ने उनले बताए । 'चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट