चितवन : नेपाल निर्माण उद्योग परिषद् जिल्ला कमिटी चितवनको अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन्।
परिषद्को दोस्रो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरेको हो। सिजिआर होटलमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा प्रकाशराज पौडेल, सचिवमा हरि आचार्य र कोषाध्यक्षमा विष्णुप्रसाद दाहाललाई चयन गरेको छ।
त्यस्तै, सदस्यहरूमा गोविन्द ढकाल, कृष्णप्रसाद अधिकारी, ईश्वरी कँडेल, नारायणप्रसाद ढकाल, इन्द्रा रेग्मी, सरोज बर्तौला र रमाकान्त कोइराला चयन भएका छन्।
पालिका संयोजकहरूमा भरतपुरमा सञ्जय न्यौपाने, राप्तीमा पुष्पराज अधिकारी, खैरहनीमा सरिता पाण्डे, रत्ननगरमा किशोर रावल, कालिकामा सुनबहादुर विक र माडीमा अशोक कार्की चयन भएका छन्। अधिवेशनले यादवप्रसाद पाठकलाई प्रमुख सल्लाहकारको जिम्मेवारी दिएको छ।
जिल्ला अध्यक्ष केशवप्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा केन्द्रीय सल्लाहकार रामराज पौडेल, केन्द्रीय सदस्यहरू दिनेशचन्द्र न्यौपाने, होमकुमार शर्मा, राजुकुमार सडौला, रोजिना भट्टराई, बागमती प्रदेश उपाध्यक्ष शिव ढकाललगायतको उपस्थिति थियो।
यसैबीच, अधिवेशनकै अवसरमा मौलाकालिका अस्पताल र परिषद्बीच सेवा सुविधासम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार परिषद्का सदस्य, उनीहरूका परिवार तथा कर्मचारीले अस्पतालका विभिन्न सेवामा छुट सुविधा पाउनेछन्।
अधिवेशनले आगामी कार्ययोजना र रणनीतिसमेत तय गर्दै कार्यक्रम सम्पन्न गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij