चितवन : विश्व मधुमेह दिवस–२०२६ को अवसरमा चितवनमा प्रभातफेरीसहित मधुमेहसम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ। शनिबार (कात्तिक २८ गते) आयोजित कार्यक्रममा मधुमेह रोगको रोकथाम, समयमै पहिचान, नियमित परीक्षण र उचित व्यवस्थापनबारे जनचेतना फैलाइएको बरिष्ठ फिजिशियन डा.भोजराज अधिकारीले बताए । ‘मधुमेहविरुद्ध प्रारम्भिक कदम’ भन्ने नाराका साथ आयोजित चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
कार्यक्रममा मधुमेहबाट बच्न स्वस्थ जीवनशैली अपनाउनुपर्ने, खानपानमा ध्यान दिनुपर्ने, नियमित शारीरिक व्यायाम गर्नुपर्ने र समयमै स्वास्थ्य परीक्षण गराउनुपर्ने सन्देश प्रवाह गरिएको डा अधिकारीले बताए ।। मधुमेह समाज चितवनको आयोजना तथा पुष्पाञ्जलि हस्पिटल मधुमेह भोलिन्टियर समाज, लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल क्लस्टर नम्बर ४ र प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था भरतपुर–१२ को सहआयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका आयोजकले मधुमेहको प्रारम्भिक पहिचान र समयमै उपचार तथा व्यवस्थापनले यसबाट हुने जटिलता न्यूनीकरण गर्न सकिने भन्दै जनचेतना अभियानलाई निरन्तरता दिनुपर्ने बताएका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij