Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादी पक्राउ

मकवानपुर :  हातहतियार तथा खरखजाना मुद्दामा फरार रहेका एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।प्रहरी प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी अरुण रायमाझी रहेको उक्त मुद्दामा फरार रहेका थाहा नगरपालिका–४ निवासी २१ वर्षीय अरुण रायमाझीलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार रायमाझी आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ परेका रायमाझीमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij