Logo

Sep 22 2026 | २०८३, आश्विन ६गते

पत्रकार महासङ्घ चितवनद्वारा विज्ञापन बोर्डलाई ज्ञापन पत्र

पत्रकार महासङ्घ चितवनद्वारा विज्ञापन बोर्डलाई ज्ञापन पत्र

चितवन : नेपाल पत्रकार महासङ्घ चितवन लगायत देशैभरका शाखाहरुद्वारा छापामाध्यमहरूले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन वापतको मासिक रकममा भारी कटौती गरिएको विरोधमा कडा आपत्ति जनाएको छ । महासङ्घले यसै विषयलाई लिएर जिल्ला हुलाक कार्यालयमार्फत विज्ञापन बोर्डलाई ज्ञापन पत्र बुझाएको छ ।

महासङ्घ चितवनका अध्यक्ष वसन्त पराजुलीको नेतृत्वमा गएको पत्रकारहरूको प्रतिनिधिमण्डलले जिल्ला हुलाक कार्यालयमार्फत विज्ञापन बोर्डका नाममा आज (सोमबार) ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालले श्रमजीवी पत्रकार र छापामाध्यमको समस्याप्रति आफूहरू गम्भीर रहेको बताउँदै प्राप्त पत्रलाई यथाशीघ्र सम्बन्धित निकाय विज्ञापन बोर्डसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घले पछिल्लो समय लोककल्याणकारी विज्ञापन रकममा गरिएको अशोभनीय कटौतीले मोफसलका साना तथा छापामाध्यमहरू सञ्चालन गर्ने, श्रमजीवी पत्रकारहरूलाई नियमित पारिश्रमिक दिनै कठिनाइ उत्पन्न भएको जनाएको छ । बोर्डले यस निर्णयलाई पुनर्विचार नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट