Logo

Sep 18 2026 | २०८३, आश्विन २गते

मुग्लिन–नारायणगढ सडकमा रोकिएको दुईतर्फी आवागमन पुनः सञ्चालन

मुग्लिन–नारायणगढ सडकमा रोकिएको दुईतर्फी आवागमन पुनः सञ्चालन

चितवन : मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान करिब साढे ७ बजे सडकको १५ किलो क्षेत्रमा माथिबाट लेदो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको थियो ।

सडकमा खसेको लेदो हटाएपछि बिहान सवा ९ बजेदेखि सडकखण्डमा सवारीसाधनको आवागमन पुनः दुईतर्फी रूपमा सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

हाल उक्त सडकखण्डमा सवारीसाधन दुवैतर्फ सहज रूपमा सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij