Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रधानमन्त्री राहत कोषमा चितवनकाे कालिका नगरपालिकाले ३५ लाख सहयोग गर्ने

प्रधानमन्त्री राहत कोषमा चितवनकाे कालिका नगरपालिकाले ३५ लाख सहयोग गर्ने

 

कालिका : प्राकृतिक विपद्का कारण सङ्कटमा परेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणका लागि चितवनको कालिका नगरपालिकाले प्रधानमन्त्री राहत कोषमा ३५ लाख रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख बिनाेद रेग्मीकाे अध्यक्षतामा बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले रू २६ लाख जनप्रतिनिधि तथा कर्मचारी र रू ९ लाख विपद् काेषबाट गरि जम्मा रू ३५ लाख भाेटेकाेशी बाढीपिडीतलाई यो राहत सहयोग जुटाउने निर्णय गरेको हो ।

विपद्को यस घडीमा अग्रसरता देखाउँदै नगरका जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो सेवा-सुविधा र पारिश्रमिकको अंश कट्टा गरी योगदान पुर्‍याउने भएका छन् ।

नगरपालिकाको विपद् कोषबाट रू ९ लाख रुपैयाँ विनियोजन गरिनेछ । यी सबै स्रोतहरूबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइने र विपद् प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन सम्पूर्ण नगर परिवार एकाकार भएर लागेको उपप्रमुख बिमला तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट