चितवन : उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि करिब ३ लाख ८६ हजार ५ सय २५ रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ।
कार्यालयले विभिन्न आर्थिक वर्षमा सञ्चालन गरेका सीपमूलक तालिमबाट उत्पादित सामग्री राहतस्वरूप हस्तान्तरण गरेको हो। कार्यालय प्रमुख विनोद पौडेलका अनुसार राहत सामग्रीमा बालबालिकाका लागि २१० थान/सेट कपडा, अन्य विभिन्न प्रकारका ८१७ थान/सेट कपडा, १८ जोर स्कुल जुत्ता र विभिन्न साइजका ९८ जोर चप्पल रहेका छन्।
उक्त राहत सामग्री भदौ १७ गते जिल्ला प्रशासन कार्यालय चितवनले सञ्चालन गरेको राहत संकलन केन्द्रमा हस्तान्तरण गरिएको कार्यालयले जनाएको छ।
गत भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कार्यालयले तालिमबाट उत्पादित सामग्री उपलब्ध गराएको हो।
कार्यालय प्रमुख पौडेलले विपद्को कठिन समयमा प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराई राहत तथा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij