Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

For Humanity, For Rasuwa’ अभियानअन्तर्गत फोर्ब्स कलेजमा रक्तदान

For Humanity, For Rasuwa’ अभियानअन्तर्गत फोर्ब्स कलेजमा रक्तदान

चितवन : रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ फोर्ब्स कलेज, भरतपुर–२, क्षेत्रपुरले मंगलबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कलेजले ‘For Humanity, For Rasuwa’ अभियानअन्तर्गत २०८३ साल भदौ १६ गते मंगलबार बिहान ७ बजेदेखि कलेज परिसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

बाढी तथा पहिरोमा परी घाइते भएकाहरूको उपचारमा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ।

प्राकृतिक विपद्का बेला घाइते तथा प्रभावितको उपचारमा रगतको आवश्यकता बढ्ने भएकाले मानवीय सेवाका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजको भनाइ छ।

कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, पूर्वविद्यार्थी तथा रक्तदान गर्न योग्य सबैलाई सहभागी हुन आह्वान गरिएको छ।

कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको जनाएको छ। रसुवाका बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागी भएर मानवीय सेवामा योगदान गर्न कलेजले चितवनवासीलाई आग्रह गरेको छ।

‘रक्तदान गरौँ, जीवन बचाऔँ; रसुवाका पीडितसँग एकजुट बनौँ र आशा जगाऔँ’ भन्ने सन्देशसहित कार्यक्रम सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट