Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

रसुवा बाढीमा चितवनका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु पुष्टि

रसुवा बाढीमा चितवनका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु पुष्टि

चितवन : रसुवामा आएको विनाशकारी बाढीमा परी माडीका युवा इञ्जिनियर बिमल काफ्लेको मृत्यु भएको पुष्टि भएको छ। भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन भएका काफ्लेको शव कावासोती क्षेत्रमा फेला परेको थियो। शनिबार दिउँसो शवको सनाखत भएपछि उनको मृत्यु पुष्टि भएको हो।

माडी नगरपालिका–७, देवेन्द्रपुर निवासी काफ्ले हाइड्रो इञ्जिनियरका रूपमा रसुवामा कार्यरत थिए। बाढीपहिरोका क्रममा उनी सम्पर्कविहीन भएका थिए। माडीबाट बाढीमा परी बेपत्ता भएका व्यक्तिमध्ये काफ्ले हालसम्म पहिचान भएका एक मात्र व्यक्ति रहेको स्थानीयले बताएका छन्। उनको निधनले परिवारसँगै माडी शोकमा डुबेको छ।

स्थानीयवासीले काफ्लेको निधनले माडीले एक होनहार युवा प्राविधिक गुमाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट