Logo

Aug 24 2026 | २०८३, भाद्र ८गते

चितवनको आँपटारीमा ट्रक, कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवनको आँपटारीमा ट्रक, कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–१ आँपटारीमा ट्रक, कार र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार आइतबार बिहान नारायणगढबाट रामनगरतर्फ जाँदै गरेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कारसँग ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्ट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्रक, कार र मोटरसाइकल तथा चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij