Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

२१ वर्षमै CA CAP III मा सक्षम पौडेल नेपाल दोस्रो

२१ वर्षमै CA CAP III मा सक्षम पौडेल नेपाल दोस्रो

भरतपुर : सनराइज इङ्लिस सेकेन्डरी स्कुल, भरतपुर–४, चितवनका पूर्वविद्यार्थी सक्षम पौडेलले २१ वर्षकै उमेरमा चार्टर्ड अकाउन्टेन्सी (CA) को CA CAP III परीक्षामा नेपालभर दोस्रो स्थान हासिल गरेका छन्। Institute of Chartered Accountants of Nepal (ICAN) अन्तर्गत सञ्चालित CA CAP III परीक्षामा पौडेलले देशभरका परीक्षार्थीमध्ये दोस्रो स्थान हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेका हुन्।

कक्षा १२ सम्मको अध्ययन सनराइज इङ्लिस सेकेन्डरी स्कुलबाट पूरा गरेका पौडेलको यो उपलब्धिलाई विद्यालयले गौरवपूर्ण सफलताका रूपमा लिएको छ। उनको सफलताले परिवार, विद्यालय तथा चितवनको शैक्षिक क्षेत्रमा समेत खुसी थपेको छ।

पौडेलको यो सफलता निरन्तर मेहनत, लगनशीलता, अनुशासन र अध्ययनप्रतिको समर्पणको परिणाम भएको विद्यालयले जनाएको छ। युवा उमेरमै राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा हासिल गरेका पौडेलको उपलब्धिले CA अध्ययन गरिरहेका तथा भविष्यमा यस क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीलाई समेत प्रेरणा दिने विश्वास गरिएको छ।

सनराइज इङ्लिस सेकेन्डरी स्कुलले पौडेलको उत्कृष्ट उपलब्धिप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्राको सफलताको कामना गरेको छ।

विद्यालयले आफ्ना पूर्वविद्यार्थीहरूले राष्ट्रियस्तरमा हासिल गर्दै आएका उत्कृष्ट उपलब्धिलाई शैक्षिक यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै आएको जनाएको छ। सक्षम पौडेलको CA CAP III मा नेपाल दोस्रो स्थान हासिल गर्ने सफलता पनि विद्यालयको शैक्षिक उपलब्धिको सूचीमा अर्को गौरवपूर्ण अध्याय बनेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट