रत्ननगर : चितवनमा रहेर विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकसंगीतको क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका सर्जक तथा गायक कृष्ण प्रसाद भट्टराईको २०८३ सालको मौलिक तीज गीत ‘गौंथली भुरुरु’ सार्वजनिक भएको छ। मौलिक लोकलयमा आधारित गीतमा कृष्ण प्रसाद भट्टराई र सुनितामी परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत स्वयं भट्टराईकै रहेको छ। नेपाली मौलिक लोकसंस्कृति र तीजको भावनालाई समेटिएको गीतले श्रोता–दर्शकलाई मनोरञ्जनसँगै मौलिकताको अनुभूति गराउने अपेक्षा गरिएको छ।
गीतको एरेन्ज सरोज बिरही कार्की, रेकर्डिस्ट राजेश नेपाल तथा मिक्स/मास्टर मनोज परियारले गर्नुभएको हो। गीतको रेकर्डिङ आफ्नोमन एचडी स्टुडियोमा गरिएको छ। ‘गौंथली भुरुरु’को म्युजिक भिडियोमा रोहित विश्वकर्माको कोरियोग्राफी तथा कृष्ण प्रसाद देवकोटाको सिनेमेटोग्राफी रहेको छ। भिडियोमा अन्जित बोहरा, नयाँ प्रस्तुतीका रूपमा रस्मिता रोक्का र सम्झना श्रेष्ठको अभिनय रहेको छ। गीतमा रत्ननगर ९ को सिद्धेश्वर महादेव मन्दिर र गैरिबारी रिसोर्ट सौराहाको मनमोहक दृश्यहरु देख्न सकिन्छ।
म्युजिक भिडियोको पोस्ट प्रोडक्सन ह्याप्पी मिडिया नेटवर्क, रत्ननगर–१०, चितवनले गरेको हो भने सम्पादन तथा निर्देशन रामु आचार्यले गर्नुभएको छ। आचार्य पनि चितवनमा दुई दशकभन्दा लामो समयदेखि कला तथा सञ्चार क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। मौलिक लोकलय, तीजको सांस्कृतिक भाव र आकर्षक म्युजिक भिडियोको संयोजन गरिएको ‘गौंथली भुरुरु’ले आम श्रोता तथा दर्शकको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij