Logo

Nov 06 2026 | २०८३, कार्तिक २१गते

अन्तरविद्यालयस्तरीय देउसी–भैलोमा सनराइज इङ्लिस स्कुल प्रथम

अन्तरविद्यालयस्तरीय देउसी–भैलोमा सनराइज इङ्लिस स्कुल प्रथम

भरतपुर : अर्किड स्कुल, भरतपुर–१० द्वारा आयोजित अन्तरविद्यालयस्तरीय देउसी–भैलो प्रतियोगिता–२०८३ मा सनराइज इङ्लिस स्कुलले प्रथम स्थान हासिल गरेको छ।

अर्किड स्कुलले आफ्नो नियमित कार्यक्रमअन्तर्गत आयोजना गरेको प्रतियोगितामा विभिन्न १४ विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

विद्यालयकी शिक्षिका अञ्जु पौडेलका अनुसार नेपाली मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। विद्यार्थीलाई संस्कृतिप्रति आत्मीय बनाउन तथा उनीहरूमा मित्रवत् प्रतिस्पर्धाको भावना विकास गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन्।

प्रतियोगितामा ॐ शान्ति एकेडेमीले द्वितीय, अल्फाबेटा एकेडेमीले तृतीय तथा ग्रीनल्याण्ड पब्लिक स्कुलले सान्त्वना स्थान हासिल गरेका छन्।

विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष कृष्ण पण्डितले उद्घाटन गरेको कार्यक्रमको संयोजन अमित भुसालले गरेका थिए भने हरिराम रेग्मीले सहजीकरण गरेका थिए।

कार्यक्रमले विद्यार्थीहरूमा नेपाली मौलिक कला, संस्कृति र परम्पराप्रति रुचि बढाउनुका साथै आपसी सद्भाव, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकासमा सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट