Logo

Nov 12 2026 | २०८३, कार्तिक २७गते

भारतीय फिल्मकाे दबदबा चिर्दै देशभर ‘बाटुलाे जून’ को विष्फाेटक ओपनिङ

भारतीय फिल्मकाे दबदबा चिर्दै देशभर ‘बाटुलाे जून’ को विष्फाेटक ओपनिङ

काठमाडौं : अनमाेल केसी र प्रिन्सी खतिवडा स्टारर चलचित्र `बाटुलाे जून´ ले बक्स अफिसमा बम्पर ओपनिङ गरेकाे छ । आज रिलिज भएकाे यस चलचित्रले देशभर हाउसफुल भएकाे समाचारहरू सार्वजनिक भएका छन् ।भुवन केसीले निर्माण र निर्देशन गरेकाे `बाटुलाे जून´ टिजर रिलिजदेखि नै अत्यधिक चर्चित र प्रशंसित बनिरहेकाे थियाे । चलचित्रका तीन गीतहरू पनि सुपरहिट छन् । चलचित्रले पेश गरेकाे अर्गानिक कन्टेन्टले दर्शककाे ध्यान तानेकाे थियाे । अनमाेल केसीकाे फरक लुक्स तथा प्रिन्सीकाे सुन्दरता र अभिनयले थप आकर्षण पैदा गरेकाे छ ।प्रदर्शकहरूले पनि चलचित्रप्रति विश्वास राखेर `बाटुलाे जून´ लाई उच्च शाे दिएका छन् । देशभर २६२ भन्दा बढी शाे यसले पाएकाे छ । दर्शककाे उभार हेर्दा शाे अझै थपिनसक्ने देखिन्छ ।

गत साता भारतीय फिल्म `रामायण´ ले नेपालका हलहरूमा एकछत्र दवदवा बनाएकाे थियाे । त्यसलाई `बाटुलाे जून´ ले चिरिदिएकाे छ । ४ हजार कराेड लगानीकाे विदेशी चलचित्रसामु मामूली बजेटकाे नेपाली चलचित्र बकस अफिसमा पिसिनसक्ने जाेखिम थियाे । तर शाे संख्या र व्यापार दुवैमा `बाटुलाे जून´ ले रामायणलाई टक्कर दिएकाे प्रदर्शकहरू बताउँछन् ।निर्माता सराेज न्याैपानेका अनुसार बिहान ११ बजेसम्म शाेमा `बाटुलाे जून´ले ६२ लाखभन्दा बढीकाे व्यापार गरेकाे छ । आज दिनभरिमा डेढ कराेड हाराहारी कलेक्सन हुन सक्ने देखिन्छ ।

निर्माता न्यौपानेले एफक्युब सिनेमामा हल भिजिटका क्रममा बक्स अफिस रिपोर्टको लाइभ डाटा नै देखाएका थिए । चलचित्र विकास बोर्ड र निर्माताको एक्सेसमा हुने लाइभ डाटा देखाउँदै न्यौपानेले भने, ‘अनमोलको करियरके ठूलो ओपनिङ गर्ने देखिन्छ।’फिल्मले बिहान ११ बजेसम्मै ६५ लाखमाथिको व्यापार गरेको वितरक करण श्रेष्ठ क्रेजीको दाबी छ । ‎करणका अनुसार २०० भन्दा बढी सो हाउसफूल छन् ।‎’आज बिहान ६ बजेदेखि नै शोहरू हाउसफुल छन् । अघि ११ बजेसम्म फिल्मले ६५ लाख माथिको व्यापार गरिसकेको थियो,’ करणले भने, ‘आज एक करोड पचास लाखमाथिको ओपनिङ गर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट