एजेन्सी : फिफा विश्वकपअघिको आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा पोर्चुगलले नाइजेरियालाई २–१ ले हराएको छ। घरेलु मैदानमा भएको खेलमा पोर्चुगलका लागि पेड्रो नेटो र फ्रान्सिस्को कोन्सेइसाओले गोल गरे। नाइजेरियाका अकोर एडम्सले एक गोल फर्काए। खेलको सुरुआतमै क्रिस्टियानो रोनाल्डोले गोल गर्ने राम्रो अवसर गुमाए। त्यसपछि २३औँ मिनेटमा डियोगो डालोटको पासमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। तर पहिलो हाफ सकिन आठ मिनेट बाँकी रहँदा अकोर एडम्सले गोल गर्दै नाइजेरियालाई १–१ को बराबरीमा ल्याए।
दोस्रो हाफमा पोर्चुगलले खेलमा पकड बनायो। जोआओ फेलिक्सले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। खेल सकिन १५ मिनेट बाँकी रहँदा फ्रान्सिस्को कोन्सेइसाओले व्यक्तिगत प्रयासमा गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए। यो जितसँगै पोर्चुगलले विश्वकपअघिको तयारी सफल रूपमा पूरा गरेको छ। अब पोर्चुगलले विश्वकपको समूह ‘के’ मा डिआर कंगोविरुद्ध खेल्दै प्रतियोगिताको यात्रा सुरु गर्नेछ।
रोनाल्डोले गुमाए अवसर
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने यो खेल खासै राम्रो रहेन। उनले पाएका चारवटै अवसरलाई गोलमा बदल्न सकेनन्। खेलको सुरुआतमा र दोस्रो हाफमा उनले गोल गर्ने उत्कृष्ट मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij