Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन खुला, को–को छन् चर्चामा ?

क्यान्सर अस्पतालको अध्यक्ष पदका लागि आवेदन खुला, को–को छन् चर्चामा ?

चितवन : सरकारले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि आवेदन खुल्ला गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र आवेदन पेश गर्न सक्ने जनाएको हो ।

सूचनामा सो अस्पतालको ऐन २०५३ को दफा ७ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भए बमोजिम योग्यता भनिएको छ । सो अनुसार अध्यक्ष बन्नका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको वा मान्यता प्राप्त शिक्षण संस्थानबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्त उपाधि हासिल गरी स्वास्थ्य क्षेत्रमा कम्तीमा २० वर्षको अनुभव प्राप्त बरिष्ठ चिकित्सहरुमध्येबाट नेपाल सरकारले मनोनित गर्ने भनिएको छ ।

अध्यक्ष पदको पदावधी ३ वर्षको रहने छ । यसअघि बि.सं. २०७९ चैत २० मा बसेको मन्त्रिपरिषद्को बैठकले डा बिजयराज न्यौपानेलाई अस्तपालको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँको तीन वर्षे पदावधी सकिएपछि नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको हो ।

त्यसो त पहिले अध्यक्ष पदका लागि खुल्ला प्रतिस्पर्धा हुने थिएन । योग्यता पुगेका चिकित्सकलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गर्ने चलन थियो । तर यसपटक भने अध्यक्ष पदका लागि आवेदन माग गरिएको छ ।

को को छन् चर्चामा

अस्पतालको अध्यक्ष पदमा प्रायः सोही अस्पतालमा काम गरेका अनुभवी चिकित्सकलाई अध्यक्ष बनाउने चलन रहँदै आएको छ । अहिले पनि सोही अस्पतालका चिकित्सकलाई अध्यक्ष बनाउने चर्चा चलेको छ । त्यसो त अस्पतालका डा. विनय ठाकुरलाई अध्यक्ष बनाउने चर्चा निकै चलेको थियो ।

तर, डा. ठाकुरले उक्त पद अस्वीकार गरिसक्नु भएको बुझिएको छ । त्यसपछि डा.विश्वराम पौडेल अध्यक्ष बन्ने चर्चा निकै चलेको छ । अस्पताल स्थापनाकालदेखि काम गर्दै आउनु भएका अनुभवी र अस्पतालबारेमा राम्रो ज्ञान भएका डा. पौडेललाई सरकारले नियुक्त गर्छ या गर्दैन ?

त्यो भने हेर्न बाँकी छ । सरकारले पहिलो पटक आवेदन नै माग गरेपछि क–कस्को आवेदन पर्छ र कसरी छनोट हुन्छ भन्ने विषय अहिले चर्चामा छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट